बजार संक्षेप

मुक्तिनाथले मृतकको ऋण मिनाहा गर्यो

  नागरिक   2019-09-13


काठमाडौं– मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघु बैंकिङ, पर्सा शाखामा सदस्य रहेकी मनमाया मगरको मृत्यु भएकोले उनले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको जनाएको छ ।
उक्त रकम स्व. मनमाया मगरको छोरा र उनले इच्छयाएको व्यक्ति अशोक मगरलाई खैरहनी नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष टिकादत्त इटनी, बैंकको पर्सा शाखाका प्रमुख विश्व क्षेत्री तथा डेस्क प्रमुख सुभाष गिरीले एक लाख ४३ हजार सात सय ८४ रुपैयाँको चेक हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाईको मत