भिडियो

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

  बिश्वास खनाल   2019-08-21

काठमाडौँ- मुघ्लाई खानका पारखीहरुलाई लक्षित गर्दै सोल्टी होटेलले मुघ्लाई फूड फेस्टिवलको आयोजना गरेको छ। उक्त फूड फेस्टिवल यहि श्रावण ३१ देखि भाद्र १४ गते सम्म भारतीय रेस्टुरेन्ट काकोरीमा आयोजना भैरहेको छ।
मुघ्लाई परिकार विशेषतः शाही परिकार को रुपमा चिनिन्छ। विभिन्न मसला को प्रयोग, काजु किसमिसहरुको अत्यधिक प्रयोग, तथा कम ज्वाला मा पकाउने हुदा कबाब,करी तथा बिरयानी जस्ता मुघ्लाई खाना प्रति खानाका  पारखीहरुको आकर्षण बढेको छ। मुघल सम्राटहरुले  प्रयोग गर्ने  विधि आज सम्म पनि जीवित रहेको छ। भारतीय परिकारहरु मुघ्लाई खाना बाट प्रभावित भएको पाइन्छ। 
सो फूड फेस्टिवलमा दुवै शाकाहारी तथा मांशाहारी परिकारको स्वाद लिन पाइने छ। भारतका प्रसिद्ध सेफहरुको निगरानीमा उक्त फूड फेस्टिवलमा परिकार हरु बनाइएको छ। 
फेस्टिवल अवधिभर साँझ ७ बजे पछि भारतीय गजल हरु को मज्जा पनि उठाउन सकिने जानकारी रेस्टुरेण्ट्द्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ। 

यसमा तपाईको मत