अटो विशेष

मोटरहेडको टेक्केन आर २५० सार्वजनिक

  नागरिक   2021-09-19

एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले मोटरहेडको नयाँ टेक्केन आर २५० सार्वजनिक गरेको छ। मोटरहेड मोटरसाइकलको नेपालका लागि अधिकृत विक्रेता हो। जसले विश्वमै परिचित अफ रोड मोटरसाइकलहरू चीनबाट आयात गर्दछ।एसएलआर टेक्नो एन्ड ट्रेडले मोटरहेड ब्रान्डलाई ५ वर्षदेखि नेपालको दुईपांग्रे बजारमा डर्ट सेगमेन्टको रूपमा परिचित गराएको छ।

त्यसबाहेक कम्पनीले क्रसओभर र स्क्याम्बलर सेगमेन्टलाई पनि लोकप्रिय बनाउन प्रयास गरेको छ। मोटरहेड बाइक नेपालका सबै भू–भागका लागि उपयुक्त हुनुका साथै फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, प्रशंसनीय पिक अप, पावर र आरामका लागि परिचित छ।

अहिले सात फरकफरक मोडेलमा मोटरहेड अपग्रेटेड एमएच १५०, एमएच २००, टेकन २२३ सिसी मोडेलहरू, स्पोट्स अफरोड स्पोट्स अनरोड, एक्स टर्क र स्क्राम्ब्रलर २५० रहेका छन्। जसको मूल्य २ लाख ९५ हजारदेखि चार लाख ५५ हजार रूपैयाँसम्म रहेको छ।

नयाँ टेक्केन आर २५० को सुरुवाती मूल्य ४ लाख ५ हजार रूपैयाँ तोएिको छ। जुन सीमित समयावधिका लागि मात्र उपलब्ध हुने जारी विज्ञप्तिमा उल्लेख छ। दुई आकर्षक रंग र ग्राफिक्समा उपलब्ध यो बाइक हरेक सडकलाई चुनौती दिने किसिमले डिजाइन गरिएको कम्पनीको दाबी छ।

यसको उन्नत इन्जिन, कडा चेसिसरफ्रेम, सानदार ग्राफिक्स, स्टाइलिस हेडलाइट्स, राम्रो डिजाइन, इनबिल्ट इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायक सिट भएकाले नेपाली युवाले अत्यन्तै मन पराउने कम्पनीको विश्वास छ।

 

यसमा तपाईको मत