बजार संक्षेप

सानिमा बैंकको थप नयाँ शाखा जोरपाटीमा

  नागरिक   2020-02-03

काठमाडौँ- सानिमा बैंक लिमिटेडले यही माघ २० गते काठमाडौंको जोरपाटीमा ७९औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्रान्ड प्रवर्दक वरिष्ठ कलाकारद्वय श्री मदन कृष्ण श्रेष्ठ र श्री हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा सुसम्पन्न गरेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष श्री विनय कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताए । त्यसै गरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री भुवन दाहालद्वारा बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै जोरपाटी शाखाबाट पनि ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। समुद्घाटन समारोहमा मह जोडीले काठमाडौंको जोरपाटीमा सानिमा बैंक संचालनमा आएकोमा सो क्षेत्रका स्थानीयबासी र बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमालाई सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।


 

यसमा तपाईको मत