बजार संक्षेप

एनसेलमार्फत माइक्रोसफ्टले नेपाली कम्पनीलाई सेवा दिने

  नागरिक   2020-02-12

काठमाडौं– एनसेल प्राइभेट लिमिटेडले माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स अन्तर्गत क्लाउड सर्भिस र अनलाइन मिटिङ टुल लगायत सेवा नेपाली कम्पनीलाई उपलब्ध गराउन माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गरेको छ । 
गत हप्ता आयोजित एक कार्यक्रममा विभिन्न बैंक, व्यावसायिक घराना, एनजिओ, आइएनजिओका दुई सय ५० भन्दा बढी प्रतिनिधि तथा अधिकारीमाझ एनसेलले माइक्रोसफ्ट टियर वान क्लाउड सर्भिस प्रोभाइडर (सिएसपी) का लागि माइक्रोसफ्टसँग समझदारी भएको घोषणा गरेको जनाएको छ । 
यो समझदारी अन्तर्गत एनसेलले विषेशगरी माइक्रोसफ्टका तीन सेवाहरु–– अफिस थ्रिसिक्स्टिफाइभ, एज्योर र टिम्स उपलब्ध गराउँन आफ्नो ध्यान केन्द्रित गर्नेछ ।
अफिस थ्रिसिक्स्टिफाइभ क्लाउडमा आधारित एक सेवा रहेको र यसको प्रयोगले कार्यमा प्रभावकारिता थप्दै कार्यालयमा सबैलाई अझ प्रोडक्टिभ बन्दै प्रभावकारी रुपमा एक अर्कासँग सम्पर्कमा रहन सहयोग गर्ने कम्पनीको दाबी छ । यसले जानकारी पत्ता लगाउन, ज्ञान बाँड्न, सहकर्मीसँग कुराकानी गर्नदेखि लिएर योजना बनाई प्रशासनिक काममा लाग्ने समय घटाई चुस्त रुपमा कार्य गर्न सबल बनाउने पनि कम्पनीले जनाएको छ ।    
त्यसैगरी, माइक्रोसफ्ट एज्योर माइक्रोसफ्ट म्यानेन्ड डेटा सेन्टर मार्फत आफ्ना एप्लिकेसन र सेवा बनाउन, टेस्ट गर्न, प्रयोगमा ल्याउन प्रयोग हुने क्लाउड कम्प्युटिङ् सेवा रहेको जारी विज्ञप्तिमा उल्लेख छ । यो सेवाप्रयोग गर्ने कम्पनीकाआईटी टिमले आफ्नो एप्लिकेसन बनाउन, त्यसको व्यवस्थापन गर्न र त्यसलाई आफुलाई मनपर्ने उपकरण र फ्रेमवर्कहरु प्रयोग गरी व्यापकरुपमा परिचालन गर्न सक्छन् ।


 

यसमा तपाईको मत