बजार संक्षेप

मिसेलिन टायर बजारमा

  नागरिक   2019-09-25

काठमाडौं– सिप्रदी ट्रेडिङ कम्पनी प्रालिले फ्रान्सेली टायर कम्पनी मिसेलिन आधिकारिक रूपमा सार्वजनिक गरिएको छ । मिसेलिन टायर्सका महाप्रबन्धक प्रदीप थम्पी र सिप्रदी कम्पनिजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले मंगलबार मिसेलिनको लोगो र उत्पादन सार्वजनिक गरेका हुन् । सन् १८८९ मा स्थापित मिसेलिनका टायर एक सय ७० देशमा उपलब्ध रहेको र विश्वभर ६९ उत्पादन केन्द्र रहेको कम्पनीले जनाएको छ ।
मिसेलिनको तीनवटा उत्पादन रेन्ज (कमर्सियल, प्यासेन्जर तथा टू–ह्विलर सेग्मेन्ट) नेपाली बजारमा उपलब्ध छ । सिप्रदीले सन् २०१६ मा मिसेलिनलाई आफ्नो कम्पनी पोर्टफोलियोमा समावेश गरेको थियो । 

यसमा तपाईको मत