बजार संक्षेप

हामी सबैको ग्रुपको नयाँ सहकारी

    2019-08-30

काठमाडौं– यातायात क्षेत्रमा महत्वपुर्ण  योगदान पुर्याउदै आएको हामी सबैको ग्रुपले नारायणडाँडा सहकारी सुरु गरेको छ । ललितपुर बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईं, सार्वजनिक यातायात प्रालि महासंघका उपाध्यक्षहरू नीरकुमार कार्की र गणेशबहादुर शाहीले बिहीबार एक कार्यक्रमबीच संयुक्त रूपमा उक्त सहकारीको शुभारम्भ गरे ।
ग्रुपका अध्यक्ष मोहन सापकोटाले हामी सबैको यातायातपछि ग्रुपले सञ्चालनमा ल्याएको सहकारीले कृषि, यातायात, पर्यटनलगायत क्षेत्रमा आयमूलक काम गर्दै जाने बताए । ‘यातायात क्षेत्रलाई बढी समेट्ने गरी काम अगाडि बढेको छ,’ उनले भने ।
ललितपुर वचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईँले सहकारीलाई सफलताको शुभकामना दिए । सार्वजनिक यातायात प्रालि महासंघका उपाध्यक्ष कार्कीले सहकारीले बचतको भावना विकास गरी देशको विकासमा टेवा पुर्याउने बताए। महालक्ष्मी नगरपालिकाका समाजसेवी विवेककुमार कार्कीले हामी सबैको ग्रुपले ग्रामीण भेगसम्म यातायात सञ्चालनमा ल्याएर पुर्याएको योगदानको प्रशंसा गर्दै सहकारी प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे। हामी सबैको ग्रुपका अध्यक्ष मोहन सापकोटा, दिलकुमार लिम्बू, दीपक श्रेष्ठलगायत समूहको कार्यशैलीको कार्कीले प्रशंसा गरे । सार्वजनिक यातायात प्रालि महासंघका उपाध्यक्ष शाही, रिद्धि सिद्धि यातायातका अध्यक्ष लवकुमार केसीले सहकारीलाई सफलताको शुभकामना दिए । नारायणडाँडा सहकारीका अध्यक्ष दिपककुमार श्रेष्ठले उद्देश्यबारे प्रकाश पारे ।

यसमा तपाईको मत