बजार संक्षेप

रवि भवनमा मेटलाइफ

  नागरिक   2020-01-10

काठमाडौं– मेटलाइफले काठमाडौंको रवि भवनमा नयाँ एजेन्सी कार्यालय सञ्चालनमा ल्याएको छ । 
कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले उक्त कार्यालयको उद्घाटन गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विस्तारित शाखामार्फत कलंकी तथा कालीमाटी क्षेत्रमा रहेका ग्राहकलाई थप सुविधा तथा सहज हुने कम्पनीको विश्वास छ । उक्त कार्यालयमार्फत बिमा शुल्क तथा आवेदन संकलन, बिमालेख हस्तान्तरण तथा बिमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोध बुझ्ने तथा अन्य कागजपत्रको पर्याप्तता हेर्ने जस्ता सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । हाल देशभर ३१ कार्यालयमार्फत सेवा दिँदै आएको उल्लेख छ ।
 

यसमा तपाईको मत