बजार संक्षेप

मेटलाइफको एजेन्सी कार्यालय विस्तार

    2019-08-13

काठमाडौं– मेटलाइफ इन्सुरेन्सले प्रदेश नम्बर १ अन्तर्गत इटहरी र कटारीमा नयाँ एजेन्सी कार्यालयको विस्तार गरेको छ । 
पूर्वी नेपालमा उपस्थिति बढाउने उद्देश्यले ती कार्यालय स्थापना गरेको कम्पनीले जनाएको छ । कार्यालयको उद्घाटन कम्पनीका प्रमुख वितरण अधिकृत अरुण बस्नेत र उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले गरेका थिए । 
उक्त क्षेत्रमा रहेका कम्पनीका ग्राहकलाई थप सुविधा तथा सहजता प्रदान गर्न ती कार्यालयबाट सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
बिमा शुल्क तथा आवेदन संकलन, बिमालेख हस्तान्तरण तथा बिमालेख परिवर्तन र पुनस्र्थापना लगायत सेवा उक्त कार्यालयबाट लिन सकिने कम्पनीको भनाइ छ । 
 

यसमा तपाईको मत