बजार संक्षेप

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

    2019-07-23

काठमाडौं – काठमाडौं मेरिएट होटल, नक्सालले आफ्नै रेष्टुरेन्ट ठमेल किचनमा प्राचीन रेसिपिहरु इनफिउज गरेर विशेष रुपमा राजपरिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट राजस्थानी भोजनको फुड फेस्टिभल आयोजना गरेको छ। मेवार र मारवाडी व्यञ्जनबाट प्रेरित भएर राजस्थानको क्वीलिनेरि उस्तादले बनाएको भोजनको अनुभव लिन सकिनेछ।
फेस्टिभलमा मेवार र मारवाडीको दाल बाटी, लाल मास, गट्टा करी, मिठाइमा गिवार तथा लाइभ हट सिज्लिङ कवावको प्रचुर बफेको मज्जा राखिनेछ।

 
बफे साझँ ६ः३० बजे बाट बेलुका १०ः३० बजेसम्म खुल्ला रहनेछ। यसको मुल्य नेपाली चौबिस सय रुपैया रहेको छ भने रु तीन हजार तिरेर अनलिमिटेड काल्सबर्गको आनन्द लिन पनि सकिनेछ। 
मेवार र मारवाडी फुड फेस्टिभल काठमाडौं मेरिएट होटलमा २८ जुलाई सम्म जारी रहनेछ। 

यसमा तपाईको मत