बजार संक्षेप

ललितपुरमा मेगा मोटर्सको नयाँ सोरुम

    2019-07-26

काठमाडौं– उपत्यकाको निसान र डाटसन गाडीको आधिकारिक बिक्रेता मेगा मोटर्सले ललितपुरको ग्वार्काेमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।
उक्त सोरुमको उद्घाटन नेपालमा निसान र डाटसन गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप शारदाले गरेकोे कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सोरुम उद्घाटनको अवसर पारेर कम्पनीले ‘मेगा एक्सचेन्ज अफर’ नयाँ सोरुममा पनि निसान र डाटसन गाडीका सबै रेन्जहरुमा लागू हुने जनाएको छ ।  
उक्त सोरुम मेगा मोटर्सको उपत्यकाभित्र दोस्रो आउटलेटको रुपमा सञ्चालनमा आएको उल्लेख छ । 
 

यसमा तपाईको मत