बजार संक्षेप

मेगा लर्निङ एन्ड डेभलपमेन्ट सेन्टर

  नागरिक   2019-11-03

काठमाडौं– मेगा बैंकले मेगा लर्निङ एन्ड डेभलपमेन्ट सेन्टरका साथै रिसोर्स सेन्टर सञ्चालनमा ल्याउने भएको छ । 
बैंकका अध्यक्ष भोजबहादुर शाहले ज्ञानेश्वरस्थित बैंकको कार्यालय परिसरमा एक समारोहबीच नवनिर्मित मेगा लर्निङ एन्ड डेभलपमेन्ट सेन्टरको उद्घाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मेगा लर्निङ एन्ड डेभलपमेन्ट सेन्टरमार्पmत आफ्ना कर्मचारीको दक्षता अभिवृद्धिका लागि तालिम प्रदान गर्दै आएको जनाउँदै बैंकले कर्मचारीको सीप, ज्ञान एवं दक्षता अभिवृद्धि गर्दै अभै प्रभावकारी ढंगले ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेन्टर सञ्चालनमा ल्याइएको जनाएको छ ।
 

यसमा तपाईको मत