बजार संक्षेप

मेगा बैंक दशौं वर्षमा प्रवेश

    2019-07-23

काठमाडौँ- मेगा बैंकले स्थापनाको नवौं वर्ष पूरा गरि दशौं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले समकालिन बैंकहरुमा मेगा बैंकले अतुलनीय सफलता प्राप्त गर्न सकेकोमा गर्व लागेको बताए। 

‘विगत ९ वर्षसम्मको समीक्षा गर्दा मेगा बैंकले शाखाहरुको सञ्जाल विस्तारमा झण्डै आठ गुणा, एटीएम सञ्जालको विस्तारमा छ गुणा, निक्षेप संकलनमा सोह्र गुणा, कर्जा प्रवाहमा १५ गुणा, खुद मुनाफा आर्जनमा सत्तरी गुणा, रोजगारीको अवसर सृजनाको दृष्टिकोणले ११ गुणा र राज्यलाई बुझाएको करको तुलनामा ७८ गुणाले फड्को मारेको छ,’ अध्यक्ष शाहले बताए।

कार्यक्रममा मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले स्थापनाकालदेखि नै मेगा बैंकले लगानीको उचित प्रतिफल दिलाउन सफल भएको बताए। एक दशकमै मेगा बैंकले समकालिन बैंकहरुको तुलनामा सबै हिसाबले व्यावसायिक फड्को मार्न सफल भएको छ,’ खुञ्जेलीले बताए, ‘अत्याधुनिक प्रविधि, नवीनतम योजनाहरुका कारण पनि ग्राहकहरुको विश्वास जित्न सफल भएको मलाई अनुभूति भएको छ । 
मेगा बैंकले डिजिटाइजेशन र नवीनतम प्रविधिहरु भित्र्याएको बताउँदै क्यूआर कोड पनि त्यसकै उदाहरण भएको सिइओ खुञ्जेलीले बताए। 

 सहयोग हस्तान्तरण

यसैबीच, वार्षिकोत्सवका अवसरमा मेगा बैंकले उपल्लो डोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थी छिरिङ तावा बुढालाई उच्च शिक्षा अध्ययनका लागि १ लाख रुपैयाँ सहयोग गरेको छ। 

एसईई सकेपछि उच्च शिक्षा अध्ययन गर्न आर्थिक अभाव झेल्दै आएका बुढालाई गत वर्ष बैंकले कक्षा ११ अध्ययन गर्न १ लाख रुपैयाँ सहयोग गरेको थियो। अहिले कक्षा १२ मा अध्ययनरत बुढालाई नवौँ वार्षिकोत्सव कार्यक्रमको अवसरमा बैंकले पुनः १ लाख रुपैयाँ सहयोग गरेको हो । मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र सिइओ अनुपमा खुञ्जेलीले उहाँलाई सहयोग रकम हस्तान्तरण गरेका थिए। 


 

यसमा तपाईको मत