बजार संक्षेप

मेगा बैंक बन्यो ‘बैंक अफ द इयर’

  नागरिक   2019-12-01

काठमाडौं– मेगा बैंक नेपाल सन् २०१९ का लागि ‘बैंक अफ द इयर’ बन्न सफल भएको छ ।
बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने ९० वर्षभन्दा बढी इतिहास बोकेको विश्वविख्यात पत्रिका ‘द बैंकर’ले सन् २०१९ का लागि अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित ‘बैंक अफ द एयर २०१९ नेपाल’को उपाधि मेगालाई दिएको बैंकको विज्ञप्तिमा उल्लेख छ । उक्त सम्मान मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले ग्रहण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हाल बैंकले एक सय ११ शाखा, २१ एक्सटेन्सन काउन्टर, एक सय १२ एटिएम तथा एक सय १९ शाखारहित बैंकिङ केन्द्रमार्फत सेवा दिइरहेको छ । 
 

यसमा तपाईको मत