बजार संक्षेप

प्रभु इन्स्योरेन्सको सभा

  नागरिक   2020-02-09

काठमाडौं– प्रभु इन्स्योरेन्सको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७५/०७६ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै सञ्चालक समितिले प्रस्ताव गरेको पाँच प्रतिशत बोनस सेयर तथा करसहित ११.३२ प्रतिशत नगद लाभांश गरी जम्मा १६.३२ प्रतिशत लाभांश पारत गरेको कम्पनीले जनाएको छ ।
सभामा कम्पनी सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कुसुम लामाले बिमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाबीच कम्पनीले पुँजी वृद्धि, खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहेको बताइन् । कम्पनीले ५६ भन्दा बढी शाखा, उपशाखा तथा सेवा केन्द्रबाट सेवा दिँदै आएको जनाएको छ । 
 

यसमा तपाईको मत