बजार संक्षेप

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

  नागरिक   2019-12-05

काठमाडौं– ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । 
संस्थाले सिएसआरको बृहत् प्रस्तावको प्रवद्र्धन तथा ग्रामीण समुदायमा सकारात्मक परिवर्तन ल्याउने तथा विकासका काममा सहयोग गर्ने हेतुले स्थापना भएको संस्थाले शिक्षालाई विशेष प्राथािकता दिँदै काभ्रेको पाँचखाल नगरपालिकामा स्थानीय सरकार र केही गैरसरकारी संस्थासँगको साझेदारीमा कार्यक्रम सञ्चालन गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । 
संस्थाले विद्यालयहरुकोे भौतिक संरचना, अंग्रेजी अध्यापन गराउन शिक्षकको व्यवस्था, शिक्षकलाई व्यापक तालिम र विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहयोग गर्न एउटा प्याकेजको रुपमा सञ्चालन गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ । 

यसमा तपाईको मत