बजार संक्षेप

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

  नागरिक   2019-12-11

काठमाडौं– स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बैंकका अध्यक्ष जितेन्द्र अरोराको अध्यक्षतामा सम्पन्न सभाले निक्षेपतर्फ बैंकले गत वर्षको तुलनामा १३ प्रतिशतले वृद्धि गर्दै ७६.२४ बिलियन रुपैयाँ निक्षेप संकलन लगायत विषयमा जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ ।
बैंक सञ्चालक समितिले गरेको प्रस्तावअनुसार साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०१९ जुलाई १६ को अन्तसम्मका लागि २२.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको जनाइएको छ ।
यो बैंकमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत सेयर छ । बाँकी २९.७९ प्रतिशत सर्वसाधारणको हो । 
 

यसमा तपाईको मत