बजार संक्षेप

पाटा नेपाल च्याप्टरको सभा

  नागरिक   2019-12-20

काठमाडौं– प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४३औं वार्षिक  साधारणसभा सम्पन्न भएको छ । 
उक्त सभामार्फत हिमालयन होलिडेज ट्रेकिङका संस्थापक विभूतिचन्द ठाकुरको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । 
नवनिर्वाचित कार्यसमितिमा निर्वतमान अध्यक्ष सुनील शाक्य, प्रथम उपाध्यक्ष दीपकराज जोशी द्वितिय उपाध्यक्ष टंकनिधि दाहाल महासचिव शिवप्रसाद ढकाल र कोषाध्यक्ष खेम लकाई छन् । 
त्यसैगरी, कार्यसमितिमा चारवटा पदेन सदस्यमा डण्डुराज घिमिरे, राजन पोखरेल, कृष्णगोपाल जोशी र श्रद्धा क्षेष्ठका साथै सात सदस्यमा नरेन्द्रदेव भट्ट, अब्दुल्ला टन्सर केसी, रित्तल राना, टासी गुरुङ, मन्जनी श्रेष्ठ, टिकाराम सापकोटा  र राम बराकोटी रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, कार्यसमिति सदस्यमा लाक्पाफुटी शेर्पा, सुनीलकुमार भुसाल, लिला भण्डारी, सञ्जयभक्त माथेमा, पृथ्वी श्रेष्ठ र कूलप्रसाद सुवेदी सहित वैकल्पिक पदाधिकारी तथा सदस्य समेत चयन गरेको जनाइएको छ ।

यसमा तपाईको मत