बजार संक्षेप

कामना सेवाको सभा

  नागरिक   2020-01-03

काठमाडौं– कामना सेवा विकास बैंकको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ६.८ प्रतिशत नगद लाभांश वितरण गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सभाले बैंकको आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूची पारित गरेको जनाइएको छ ।
हाल बैंकले एक सय १४ शाखा तथा ६० एटिएममार्फत सेवा दिइरहेको छ ।

यसमा तपाईको मत