काठमाडौं– बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष प्रकाश श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकको खुद मुनाफा गत वर्षको तुलनामा करिब ४३.६१ प्रतिशतले वृद्घि भई एक अर्ब ८९ करोड रुपैयाँ पुगेको सो अवसरमा अध्यक्ष श्रेष्ठले जानकारी दिए । हाल यो बैंकले ८७ शाखा, ७८ एटिएम र नौवटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।
यसमा तपाईको मत