बजार संक्षेप

कृषि विकास बैंकको सभा

  नागरिक   2020-01-13

काठमाडौं– कृषि विकास बैंकको १३औं वार्षिक साधरणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेजुवालको अध्यक्षतामा सभा सम्पन्न भएको बैंकले जनाएको छ । 
साधारण सभाले बैंकका सेयरधनीलाई चुक्तापुँजीको २४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर वितरण गर्नेे प्रस्ताव पारित गरेको जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले देशका अति दुर्गमदेखि सुगम ठाउँमा दुई सय ७४ शाखाबाट आधुनिक बैंकिङ सेवा दिइरहेको जनाएको छ । 
सेयरधनीको बाक्लो उपस्थिति रहेको उक्त सभामा विभिन्न निकाय, संघ–संस्थाका प्रतिनिधि, बैंकका उच्च व्यवस्थापक, कर्मचारी र सञ्चालक समितिका सदस्यको उपस्थिति रहेको बैंकले जनाएको छ । 

यसमा तपाईको मत