बजार संक्षेप

स्वावलम्बन लघुवित्तको सभा सम्पन्न

  नागरिक   2020-01-06

काठमाडौं– स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १८औं वार्षिक साधारण सम्पन्न भएको छ । 
सञ्चालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई २६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  
सभाले आर्थिक वर्ष ०७५/७६ को वासलात, नाफा–नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरणसमेत पारित गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
हाल संस्थाले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ६१ जिल्लाका एक सय ४० शाखा/उपशाखा कार्यालय तथा नौ इलाका कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दै आएको जनाएको छ । 
 

यसमा तपाईको मत