बजार संक्षेप

इन्फिनिटीको सभा सम्पन्न

  नागरिक   2020-01-06

काठमाडौं– इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
उक्त सभाले आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरण, आर्थिक वर्ष ०७५/७६ सम्मको मुनाफाबाट पाँच प्रतिशत नगद लाभांश दिने निर्णय गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
सभाले आर्थिक वर्ष ०७६/७७ को लागि लेखापरीक्षकको नियुक्त गरेको र सर्वसाधारण समूहबाट दुईजना सञ्चालक निर्विरोध निर्वाचित चयन गरेको समेत विज्ञप्तिमा जनाइएको छ ।
विशेष प्रस्ताव अन्तर्गत सञ्चालक समितिको प्रस्ताव बमोजिम चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने, सञ्चालकको बैठक भत्ता बढाउने, संस्थाको पुँजी बढाउन बोनस सेयरपछि कायम हुने चुक्तापुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने, मर्जर वा एक्विजिनसमा जाने निर्णयको अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय भएको संस्थाले जनाएको छ ।


 

यसमा तपाईको मत