बजार संक्षेप

मेडिकल एन्ड ल्याब एक्सपो हुने

  नागरिक   2019-12-09

काठमाडौं– इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । मंसिर २७ देखि २९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा सञ्चालन हुने उक्त सोको प्राथमिकतामा अस्पतालको पूर्वाधार रहने जनाइएको छ । यस प्रदर्शनीसँगै ‘नेपाल ल्याब एक्सपो’ र ‘हेल्थकेयर सप्लाई चेन सो’ पनि आयोजना हुने जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालको स्वास्थ र ल्याब क्षेत्रमा योगदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीलाई यस क्षेत्रको सबैभन्दा ठूलो व्यापार र ज्ञान आदानप्रदान गर्ने प्ल्याटफर्म दाबी गरिएको छ ।
एक्सपोमा सथेजिया, बायो–मेडिकल, इएनटी, अर्थोपेडिक्स, सर्जिकल, मेडिकल, आइसियू, अस्पताल फर्निचर, मेडिकल टेक्सटाइल, कन्ज्युमेबल्स, रिह्याबिलिटेसन, मेडिकल ग्यास, एक्स–रे, ल्याब इक्विप्मेन्ट, एनालाइटिकल इक्विप्मेन्ट, एजुकेसन र अन्य सेवा प्रदायकको स्टल रहने जनाइएको छ ।
यो प्रदर्शनीमा दुई सय ५० भन्दा बढी कम्पनी, आठ सयभन्दा बढी ब्रान्ड र ६ हजारभन्दा बढी भिजिटर आउने अपेक्षा गरिएको छ। 

यसमा तपाईको मत