बजार संक्षेप

एफटेक बाइकको वितरक म्याक्स भिजन

  नागरिक   2019-11-24

काठमाडौं– भारतको नयाँ मोटरसाइकल उत्पादक एफटेक मोटर्स इन्डिया प्रालिले नेपालमा आफ्ना उत्पादन बिक्री गर्न म्याक्स भिजन लिमिटेडलाई एकमात्र अधिकृत बिक्रेता नियुक्त गरेको छ । 
म्याक्स भिजन लिमिटेड विगतको एक दशकदेखि नेपालको अटोमोबाइल क्षेत्रमा कार्यरत पब्लिक लिमिटेड कम्पनी हो । यसले एफटेक बाइक बिक्रीका लागि नेपालभर डिलर सञ्जाल विस्तार गर्ने एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
एफटेक ब्रान्डका टर्बो, नाइट राइडर र स्कोर्पियन मोडल कम्पनीले भर्खरै बजारमा ल्याएको जनाएको छ । निकट भविष्यमा १२५ सिसी, ११० सिसी, २५० सिसी तथा ३१० सिसीका मोटरसाइकल, स्कुटर र विद्युतीय मोटरसाइकल उत्पादन गर्ने लक्ष्य राखेको छ । 
एफटेक मोटरसाइकल उच्च प्रविधिबाट सुसज्जित रहेको कम्पनीको भनाइ छ । १७० सिसीको शक्तिशाली इन्जिन, भारत स्टेज ४ उत्सर्जन न्यूनता तथा भारत स्टेज ६ कम्प्याटिबल इन्जिन, एन्टिलक ब्रेकिङ सिस्टम, उच्च माइलेज (४५ किलोमिटर प्रतिलिटर), ठूलो इन्धन ट्यांकी (२० लिटर), अतिरिक्त सुरक्षाको लागि साइड स्ट्यान्ड सेन्सर जस्ता यसका फिचर हुन् ।
टर्बो मोडलको सुरुवाती अधिकतम खुद्रा मूल्य तीन लाख नौ हजार नौ सय र नाइट राइडर तथा स्कोर्पियन मोडलको तीन लाख १९ हजार नौ सय पर्ने कम्पनीको भनाइ छ । 
 

यसमा तपाईको मत