बजार संक्षेप

मार्टिन आइसक्रिमको पहिलो फ्रेन्चाइज सञ्चालनमा

  नागरिक   2019-11-27

काठमाडौं– सात वर्षदेखि आधुनिक प्रविधिको प्रयोग गरेर आइसक्रिम उत्पादन गर्दै आएको दाबी गर्ने शक्ति फुड प्राइभेट लिमिटेडले मार्टिन आइसक्रिमको पहिलो फ्रेन्चाइज सञ्चालनमा ल्याएको छ । 
उपभोक्तासँग प्रत्यक्ष जोडिन, उद्यमशीलता विकास गराउन र प्रशिक्षित गराउन, देशमा विदेशी आइसक्रिमको आयात रोक्न र रोजगारी सिर्जनाका लागि उक्त फ्रेन्चाइजी मोडल सञ्चालनमा ल्याइएको शक्ति फुडका कार्यकारी निर्देशक प्रकाश महर्जनले बताए ।
कार्यकारी निर्देशक मर्हजनले देशभरीबाट सम्भावित फ्रेन्चाइजीहरुलाई आफूहरुले आह्वान गरेको जनाउँदै पहिलो १० वटा फ्रेन्चाइजीका लागि विशेष स्किम रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । पहिलो १० फ्रेन्चाइजीमा मार्टिन आइसक्रिमले कुनै शुल्क लिँदैन । त्यसबाहेक आफ्ना फ्रेन्चाइजीका लागि उपलब्ध गराउने सम्पूर्ण उपकरण र पूर्ण सेटअप प्रदान गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत