बजार संक्षेप

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

    2019-08-23

काठमाडौं– मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त योजनाअन्तर्गत न्यूनतम मौज्दात पाँच हजारमा बचतकर्ताले वार्षिक ८.२५ प्रतिशत ब्याज प्राप्त गर्नसक्ने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जसमा निःशुल्क डेबिड कार्ड, निःशुल्क चेक बुक, निःशुल्क बैंक स्टेटमेन्टका साथै जुनसुकै एटिएमबाट निःशुल्क रकम झिक्न सकिने जनाइएको छ ।
फाइनान्सले केन्द्रीय कार्यालय, नयाँबानेश्वर न्युरोड काठमाडौं, नारायणगढ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा तथा वीरगन्ज शाखाबाट सेवा प्रदान गरिरहेको जनाएको छ ।

यसमा तपाईको मत