अटो विशेष

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

  नागरिक   2019-02-19

यहि फाल्गुन १० देखि फाल्गुन १२ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - महिन्द्रा उदय २०१९ को आयोजना हुन गईरहेको छ । महिन्द्रा एण्ड महिन्द्रा, अग्नि इन्कर्पोरेट, एमभी दुगड र स्वराज पार्टनरको संयुक्त आयोजनामा हुन गईरहेको यस अटो फेस्टिवलमा महिन्द्राको सबै अन्तराष्ट्रिय प्रडक्टहरुको प्रदशनीका साथै चर्चित नेपाली कलाकारको प्रस्तुति र विभिन्न थरिका खानाहरुको स्टल पनि रहने कुराको जानकारी महिन्द्राले उपलब्ध गराएको छ ।

अन्य अटो शो भन्दा भिन्न

साधारण अटो शोहरु गाडी र अटोमा विशेष चासो राख्ने “अटो गिक”हरुलाई मात्र ध्यानमा राखेर आयोजना हुने गरेको पाइन्छ । तर अटोलाई नै पारिवारिक इन्टरटेनमेन्ट र लाइफस्टाइलसँग जोडेर महिन्द्राले नेपाल मै पहिलोपटक अटो फेस्टिवल महिन्द्रा उदय २०१९ को आयोजना गर्न लागेको हो ।

कम्पनीका अनुसार महिन्द्रा उदय २०१९ कुनै एक साधारण अटो शोभन्दा पनि अटो सम्बन्धित एक भव्य र बृहत फेस्टिवलको रुपमा आयोजना गरिनेछ । यस फेस्टिवलमा नयाँ र अभिनव सवारीसाधनहरुको प्रदर्शनी बाहेक विभिन्न बहुचर्चित नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुति रहनेछ । यस लगायत फेस्टिवल मै विभिन्न प्रकारको खानेकुराहरुको स्टल पनि रहने छ ।
फेस्टिवलमा अटो गिक देखि अटो सम्बन्धि खासै ज्ञान नभएकाहरु पनि आफ्नो साथीभाई तथा परिवारजनसँग आएर आफ्नो सप्ताहान्तलाई रमणीय र ज्ञानमुलक बनाउन सक्ने कुराप्रति यस फेस्टिवलको आयोजक कम्पनी विश्वस्त रहेको छ ।


महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी

फेस्टिवलमा एकै छाना मुनि महिन्द्राले आफ्नो विश्वस्तरीय रेन्जका टुह्वीलर, प्यासेन्जर, ट्रक, बस, इलेक्ट्रिक भेइकल, ट्रयाक्टरदेखि जेनेरेटर जस्ता प्रडक्टहरुको र उक्त प्रडक्टहरुमा रहेको टफ एण्ड रग्ड डिएनए र गुणस्तरका साथै कम्पनीले प्रदान गर्ने सेवा र सुविधाको बारेमा प्रदर्शनी गर्नेछ । यस फेस्टिवलमा देखाइने सवारीसाधनमध्ये केहि सवारीसाधनहरु भने नेपाल मै पहिलो पटक प्रदर्शनी गर्न लागिएको हो ।

नेपाल मै पहिलोपटक प्रदर्शनी गर्न लागिएको महिन्द्राका सवारीसाधनहरु मराजो, एक्सयुभी ३००, जिभो , युभो ४१५, ब्लाजो २५ र फ्युरियो १४ हुन् । यस मध्ये मराजो प्यासेन्जर भेइकल हो भने, एक्सयुभी-३०० शक्तिशाली एसयुभी हो र जिभो चाहिँ फोर ह्वील ड्राइभ भएको शक्तिशाली ट्रयाक्टर हो । नेपालमा पहिलो पटक हेवी र मझौला व्यावसायिक गाडीहरु अन्तर्गत ब्लाजो र फ्युरियोको प्रदर्शनी पनि यहि फेस्टिवलमा हुनेछ । महिन्द्राको रेसिङ इन्स्पायार्ड टु व्हिलर बाइक ‘महिन्द्रा मोजो’को अनावरण पनि यहि फेस्टिवलमा गरिनेछ ।

आयोजकका अनुसार महिन्द्राले यस “महिन्द्रा उदय २०१९ फेस्टिवल” मार्फत नेपालका ग्राहकहरुलाई रमणीय वातावरणमा महिन्द्रा प्रडक्टहरुको बारेमा अनुपम अनुभव प्रदान गर्न खोजिरहेको छ । महिन्द्राले बिगतका २५ भन्दा बढी वर्षदेखि नेपालमा आफ्नो सवारीसाधनहरु विक्रीवितरण गर्दै आईरहेको छ ।  

यसर्थ यो फेस्टिवल बाइक प्रेमी, अटो पारखी, कृषक, खाना प्रेमी तथा  संगीत प्रेमी सबैका लागि लक्षित गरेर आयोजना गर्न लागिएको हो ।


वेबसाइटबाट पाइन्छ फ्री पास

यहि शुक्रबार, शनिबार र आइतबार हुने महिन्द्रा उदय २०१९ का पासहरु महिन्द्रा उदयको वेबसाइटबाट फ्रीमा लिन सकिन्छ । फ्रीमा पास लिनका लागि महिन्द्रा उदयको वेबसाइट mahindraudaya.com मा जानुहोस् । उक्त वेबसाइटमाको देब्रेतिर रहेको फारममा आफ्नो नाम र इमेल प्रदान गरेपछि ई-टिकेट तपाईंको इमेलमा आउनेछ । कम्पनीले प्रदान गरेको पास वा ई-टिकेट नभएको खण्डमा नेरु १०० प्रवेश शुल्क लाग्नेछ ।

फेस्टिवल संचालन यहि फाल्गुन १० गते शुक्रबार दिउसो २ बजेदेखि  बेलुका ६ बजेसम्म हुनेछ भने फाल्गुन ११ र १२ गते बिहानको १० बजे देखि बेलुकाको ६ बजेसम्म हुनेछ ।

 

 

 

यसमा तपाईको मत