बजार संक्षेप

विराटनगरमा महिन्द्रा ट्र्याक्टर सोरुम

  नागरिक   2019-11-28

विराटनगर– अग्नि ग्रुपले विराटनगरको बरगाछीमा महिन्द्रा ट्र्याक्टरको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको सोरुम सञ्चालनमा ल्याएको छ । उक्त सोरुम तथा वर्कसपको उद्घाटन अग्नि इन्कका निर्देशक क्याबिनेट श्रेष्ठ, नेपालका लागि महिन्द्रा एन्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर, महिन्द्रा एन्ड महिन्द्राको अन्तर्राष्ट्रिय कार्य सञ्चालनतर्फकी वरिष्ठ बजार व्यवस्थापक आकांक्षा बंशलका साथै अग्नि इन्कको ट्र्याक्टर विभागका नायब महाप्रबन्धक प्रभाषमान शाक्य र शाखा प्रबन्धक विजयकिशोर देवले गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।ं
‘थ्री एस सेटअप’ अन्तर्गत महिन्द्रा ट्र्याक्टरका सबै शृंखलाका उत्पादनहरू–– युवराज २१५, जिभो २४५, २७५ एनबिपी, ५७५ एनएसटी, युभो र नोभो आदिमा बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टस् उपलब्ध गराउन समर्पित हुने र यसका ग्राहकलाई बिक्री तथा सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।


 

यसमा तपाईको मत