बजार संक्षेप

महिन्द्राको मनसुन सर्भिस क्याम्प सम्पन्न

    2019-07-08

काठमाडौं, असार २२ (नागरिक)– नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक वितरक बालाजु अटो वक्र्सले तीनदिने ‘महिन्द्रा मनसुन सर्भिस क्याम्प’ सम्पन्न गरेको छ ।
क्याम्पमा महिन्द्राका सम्पूर्ण चारपांग्रे गाडीको ३० पोइन्ट विशेषज्ञद्वारा चेकअपको सुविधा, गाडीको जाँच लगायतका सेवा प्रदान गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
क्याम्पमा निःशुल्क स्वास्थ्य परीक्षणको साथै लुब्रिकेन्ट, स्पेयर पार्ट तथा लेबर चार्जमा १० प्रतिशत छुटको व्यवस्था समेत रहेको विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत