बजार संक्षेप

महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प सम्पन्न

  नागरिक   2019-11-24

काठमाडौं– नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वक्र्सले महिन्द्रा फोर ह्विल गाडीका लागि ‘महिन्द्रा केयर फेस्ट २०१९’ सम्पन्न गरेको छ । यस केयर फेस्टको उद्घाटन बालाजु अटो वर्कसका म्यानेजिङ डाइरेक्टर अर्जुनप्रसाद शर्मा, महिन्द्रा एन्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कागलकर, बालाजु अटो वक्र्सका प्रमुख कार्यकारी अधिकृत शशिन्द्र भण्डारी तथा दुईजना ग्राहक भीमबहादुर नेपाल एवं दत्तराम सापकोटाले सामूहिक रुपमा गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
उक्त कार्यक्रम यही मंसिर २ देखि ६ गतेसम्म नेपाल लगायत २५ विभिन्न देशमा आयोजना गरिएको कम्पनीले जनाएको छ । केयर फेस्टमा महिन्द्रा गाडीका दक्ष प्राविधिकले ६० गाडीको जाँच गरेका थिए । यो विश्वव्यापी केयर फेस्ट क्याम्पमा महिन्द्राले संसारभरका आफ्ना उपभोक्तालाई उनीहरुको परिवारका साथमा उनीहरुको गाडीको हेरचाह गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालन गरेको जनाएको छ ।
केयर फेस्टमा निःशुल्क सर्भिसिङ, स्पेयर पार्ट्स, लुब्रिकेन्ट एवं एसेसरिजमा १२ प्रतिशत छुट साथै महिन्द्राको पुरानो गाडी जस्तै लोगन, क्वान्टो, जेनियो, जाइलो जस्ता गाडीमा भारी छुटको व्यवस्था पनि रहेको विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत