बजार संक्षेप

शंखमूलमा महालक्ष्मी विकास बैंकको शाखा

  नागरिक   2019-09-06

काठमाडौं– महालक्ष्मी विकास बैंकले  काठमाडौं महानगरपालिकाको वडा नम्बर १०, शंखमूलमा शाखा विस्तार गरेको छ ।
उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महालक्ष्मीले एक सय शाखा र ३५ एटिएममार्फत सेवा दिइरहेको छ । 

यसमा तपाईको मत