बजार संक्षेप

माछापुच्छ्रे बैंक र ह्याम्स अस्पताल एंव सुमेरुअस्पताल बीच सम्झौता

    2019-08-01

काठमाडौँ- माछापुच्छ्रे बैंक लि. र काठमाण्डौँको धुम्बाराहि स्थित ह्याम्स अस्पताल एंव सुमेरू ग्रुप अन्तर्गत संचालित सुमेरु अस्पताल, सुमेरु सिटी अस्पताल तथा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको कम्पनीको प्रेस बिज्ञप्तिमा उल्लेखित छ। सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले सुमेरू अस्पताल तथा सुमेरु सिटी अस्पताल र ह्याम्स अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १०% सम्मको छुट प्राप्त गर्नेछन् । उक्त छुट माछापुच्छ्रे बैंकका डेविट कार्ड, क्रेडिट कार्ड एंव ग्राहक कार्ड लिएका ग्राहकमहानुभावहरु तथा बैंकका कर्मचारीरुहरुले प्राप्त गर्ने छन् । 
बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न अस्पताल तथा संघसंस्थाहरुसंग विभिन्न प्रकारका सेवा उपभोगमा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गर्दै आएको छ जानकारी उक्त बिज्ञप्तिमा उल्लेखित छ। 

यसमा तपाईको मत