बजार संक्षेप

माछापुच्छ्रे बैंकको १३ नयाँ शाखा उद्घाटन

    2019-08-28

काठमाडौँ- माछापुच्छ्रे बैंक प्रदेश नंं १ र २ का विभिन्न जिल्लाहरुमा १३ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ । बैंकले प्रदेश नम्बर २ को बारा जिल्लाको सिमरा, कलैया र नीजगढ, सर्लाही जिल्लाको हरिवन, मलंगवा र लालबन्दी त्यस्तै धनुषा जिल्लाको ढल्केबर, सिराहा जिल्लाको गोलबजार तथा सप्तरी जिल्लाको कन्चनरुपमा जम्मा ९ वटा शाखा कार्यालयहरुको औपचारिक सुरुवात गरेको हो भने प्रदेश नं. १ को झापा जिल्लामा उर्लाबारी र सुरुङ्गा, उदयपुर जिल्लाको गाईघाट तथा ताप्लेजुङ्ग जिल्लाको ताप्लेजुङ्ग बजारमा गरी जम्मा ४ शाखाहरुको औपचारिक सुरुवात गरेको हो । माथी उल्लेखित८/८ शाखा कार्यालयहरुको सम्बन्धित उपमहानरपालीका तथा महानगरपालीकाका स्थानिय जनप्रतनिधि एंव तथा माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष श्री डा. बिरेन्द प्रसाद महतो ज्यूले संयुक्त  रुपमा समुद्घाटन गरेको जानकारी उक्त प्रेस बिज्ञप्तिमा उल्लेख छ। 
माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।  
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिंग सुबिधा प्रदान गरिरहेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ। 

यसमा तपाईको मत