बजार संक्षेप

माछापुच्छ्रे बैंकले १६ प्रतिशत लाभांश दिने

    2019-08-30

काठमाडौं– माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको खुद मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
पाँच प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले एक सय ३६ शाखा, एक सय ५७ एटिएम र एक सय २१ शाखारहित बैंकिंगमार्फत सेवा दिइरहेको जनाइएको छ ।
 

यसमा तपाईको मत