बजार संक्षेप

मास्टर कार्डको सञ्जालमा माछापुछ्रे बैंक

  नागरिक   2019-12-01

काठमाडौं– माछापुछ्रे बैंकको सम्पूर्ण एटिएम तथा प्वाइन्ट अफ सेलमा मास्टर कार्ड स्वीकार गर्न बैंक मास्टर कार्डको सञ्जालसँग आवद्ध भएको छ ।
विशेषगरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटक तथा मास्टर कार्ड लिएका ग्राहकको सुविधालाई ध्यानमा राखेर मास्टर कार्डसँग आवद्ध भएको बैंकले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
अब ग्राहकले बैंकको एक सय ७० भन्दा बढी एटिएममार्फत नगद निकाल्न तथा एक हजारभन्दा बढी प्वाइन्ट अफ सेल्समार्फत सामान खरिदको रकम भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । 
बैंकले छिट्टै आफ्ना ग्राहकलाई मास्टरकार्ड जारी गर्ने जानकारी गराएको छ । मास्टर कार्डसँगै बैंकका सम्पूर्ण एटिएम र प्वाइन्ट अफ सेलमा भिसा, युनियन पे, मास्टरकार्ड र मेस्ट्राकार्ड सजिलै प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
हाल बैंकले एक सय ४४ शाखा, एक सय ३७ शाखारहित बैंकिङ सेवा, एक सय ७० एटिएम समेत गरी दुई सय ८१ स्थानबाट सेवा दिइरहेको छ । 
 

यसमा तपाईको मत