बजार संक्षेप

माछापुच्छ्रे बैंक लि.को थप ९ शाखारहित बैङ्किङ्ग सेवा सञ्चालन

    2019-08-19

काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ९ शाखारहित बैङ्किङ्ग सेवा संचालनमा ल्याएको छ। बैंकले महोत्तरी जिल्लाको बर्दिबास न.पा.–११, खयरमारा, धनुषा जिल्लाको कमला न. पा.–०६, सिङ्गयाही मडान, धनुषा जिल्ला कै शहिदनगर न. पा.–०३, यदुकोहा र लक्ष्मीनिया न. पा.–०७, लक्ष्मीनिया, सिराहा जिल्लाको कल्याणपुर न. पा.–०६, भोक्राहा र कर्जन्हा न. पा.–०२, बन्दिपुर तथा रौतहट जिल्लाको चन्द्रपुर न. पा.–०२, जुडिवेला, चन्द्रपुर न. पा.–०३, गैंडाटार र स्याङ्जा जिल्लाको आँधीखोला गाउपालिका–०५ सेतीदोभान मा थप ९ शाखारहित बैङ्किङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैङ्किङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैङ्किङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखा रहित बैङ्किङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ  । 
देशका विभिन्न स्थानमा ९ शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखा रहित बैङ्किङ्ग सेवा १२१ पुगेको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट  खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउदै आएको जानकरी दिइएको छ । 

यसमा तपाईको मत