बजार संक्षेप

अब माछापुच्छ्रे बैंक लगानीका लागि जोखिममुक्त

    2019-07-07

काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडले आइसिआरएएन–आइआर–ए–माइनस रेटिङ्ग प्राप्त गरेको छ । आइसिआर नेपालले प्रदान गर्ने उक्त रेटिङ्गले माछापुच्छ्रे बैंक लिमिटेड लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउदँछ । आइसिआर नेपालले नेपालका वित्तिय संघसंसथाहरुमा क्रेडिट रेटिङ्ग सम्बन्धमा समयसमयमा विभिन्न अध्ययन अनुसन्धानहरु गर्दै आएको छ । माछापुच्छ्रे बैंक लिमिटेडले आइसिआरएएन–आइआर–ए–माइनस रेटिङ्ग प्राप्त गरेपछि ३ अर्व ऋणपत्र जारी गर्नका लागि बाटो खुलेको छ । बैंकले श्रावणको पहिलो साताबाट रु. ३ अर्व बराबरको ऋणपत्र बजारमा ल्याउदै छ । 
माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ११९ वटा शाखाहरु र ११२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २३१ स्थानवाट करिब ७ लाख ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिंग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १४१ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

यसमा तपाईको मत