बजार संक्षेप

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

    2019-08-21

बारा– माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ ।
कलैया उपमहानगरपालिका प्रमुख राजेशराय यादव र बैंकका अध्यक्ष वीरेन्द्र महतोले संयुक्तरूपमा एक कार्यक्रमबीच नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
नयाँ शाखाको उद्घाटन गर्दै नगर प्रमुख यादवले नयाँ खोलिएको माछापुच्छ्रे बैंकको शाखाले यस क्षेत्रका उद्योगी, व्यवसायी र किसानलाई विशेष प्राथमिकतामा राखेर कारोबार गर्नुपर्ने सुझाव दिए ।
बैंकले दिने सेवा र सुविधामा गुणस्तर भए मात्र कलैया उपमहानगरपालिका क्षेत्रका व्यापारी, किसानलगायतका स्थानीयले बैंकसँग कारोबार गर्न आउने यादवले बताए ।
बैंकका अध्यक्ष वीरेन्द्र महतोले कलैयाका उद्योगी, व्यवसायी र किसानलाई विशेष ध्यानमा राखेर बैंकले कारोबार गर्ने प्रतिबद्धता जनाए ।


 

यसमा तपाईको मत