बजार संक्षेप

माछापुच्छ्रे बैंकको साधारणसभा कात्तिक २६ गते

  नागरिक   2021-10-07

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले साधारण सभा गर्ने भएको छ। बैंकले कात्तिक २६ गते, होटल पोखरा ग्राण्ड, पार्दि पोखरामा तेइसौँ वार्षिक साधारण सभा गर्ने भएको हो।

कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा भिडियो कन्फ्रेन्स मार्फत सहभागि हुने शेयरधनीहरुलाई जुम आईडि र पासकोड उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

 

यसमा तपाईको मत