बजार संक्षेप

माछापुछ्रे बैंकद्धारा धनगढीमा राहत सहयोग

    2019-07-05

धनगढी- माछापुछ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत धनगढी उप–महानगरपालिको प्रकोप व्यवस्थापन कोषलाई रु. १,५१,१११।– (रु. एक लाख एकाउन्न हजार एक सय एघार रुपैँया) को चेक राहत, उद्धार तथा पुनर्निर्माण कार्यका लागि हस्तान्तरण गरेको छ । मिति २०७६ साल जेठ २३ गते आएको भिषण हावाहुरीका कारण धनगढी उप–महानगरपालिकाका १९ वटै वडाहरुमा करोडौको धनमाल लगायत भौतिक संरचनामा क्षति भई करिब ४,७२४ घरधुरीहरु प्रभावित भएका थिए ।

 
बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख श्री हरी ऐरले उक्त चेक धनगढी उप–महानगरपालिका का मेयर श्री नृप बहादुर वडु तथा कार्यकारी प्रमुख श्री नारायण प्रसाद सापकोटालाई हस्तान्तरण गरेका छन्। 
  

यसमा तपाईको मत