बजार संक्षेप

माछापुच्छ्रे बैंकद्वारा पोखरा र भक्तपुरमा वृक्षारोपण

    2019-07-30

काठमाडौँ- संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा माछापुच्छ्रे बैंक लि. ले पोखरा महानगरपालिका, वडा नं. २१ स्थित दोविल्ला परिसरमा वृक्षारोपण गरेको छ ।  बैंकको पोखरामा रहेका शाखा कार्यालयहरु तथा पोखरा महानगरपालिका, रघैचौर टोल विकास संस्थासँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको बैंकको प्रेस बिज्ञप्तिमा उल्लेखित छ। बैंकले स्वच्छ वातावरण निमार्णमा सघाउ पुर्याउने उद्धेश्यले पोखरा महानगरपालीकाको सहयोगमा उक्त वृक्षारोपण कार्यक्रम आयोजना गरेको जानकारी गराएको छ। उक्त अवसरमा करिव ७० भन्दा बढि विरुवाहरु रोपिएको थियो । 
त्यसैगरी बैंकले मनोरम नगर समाजको संयुक्त सहकार्यमा भक्तपुरको मनोहरामा मा वृक्षारोपण गरेको छ। भक्तपुरस्थित मनोहरा जग्गा एकीकरण आयोजनाले छुट्याएको मनोरम समाज क्षेत्रको ग्रिनवेल्ट लगायतका स्थानमा वृक्षारोपण कार्यक्रम गरिएको कम्पनीको प्रेस बिज्ञप्तिमा उल्लेखित छ।  
माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तदायित्व अन्तर्गत सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुर्नस्थापनामा महत्वपूर्ण योगदान पुराउदै  आएको छ भने देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ जानकारी गराएको छ।  

यसमा तपाईको मत