बजार संक्षेप

लुम्बिनी इन्स्योरेन्स – ह्याम्स सम्झौता

  नागरिक   2019-12-01

काठमाडौं– लुम्बिनी जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच नगदरहित उपचार सम्झौता भएको छ ।
सम्झौता अनुसार लुम्बिनीबाट औषधोपचार तथा दुर्घटना बिमालेख खरिद गरेका ग्राहकले उक्त हस्पिटलमा उपचार गर्दा बिमा लेखले धानेसम्मको उपचारबापतको रकम इन्स्योरेन्सले सिधै हस्पिटललाई भुक्तानी दिनेछ । 
यसबाट इन्स्योरेन्सका ग्राहकले रकम अभावमा उपचारबाट वञ्चित हुनु नपर्ने साथै हस्पिटललाई रकम भुक्तानी गरिरहनु नपर्ने भएकोले त्यसबाट ग्राहकलाई निकै राहत मिल्ने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्झौतामा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत बिके श्रेष्ठ र हस्पिटलका चिफ अपरेटिङ अफिसर सची रेग्मीले हस्ताक्षर गरेको जनाइएको छ ।
 

यसमा तपाईको मत