बजार संक्षेप

लुम्बिनी जनरलको लघुबिमा प्रशिक्षण

  नागरिक   2020-01-06

काठमाडौं– लुम्बिनी जनरल इन्स्योरेन्सले लघुबिमासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
गत पुस १८ गते उदयपुरको गाईघाटमा कार्यक्रम सम्पन्न गरेकोे कम्पनीले जनाएको छ । नेपाल बिमक संघको आयोजना तथा युके एड, सक्षमको सौजन्य तथा कम्पनीको व्यव्स्थापनमा उक्त कार्यक्रम गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरी, चौडण्डीगढी नगरापालिकाका मेयर खगेन्द्र राई, कृषि ज्ञान केन्द्र, उदरपुरका प्रमुख नरनाथ रेग्मी, प्रधानमन्त्री कृषि आधुनिकीकरण जोनका प्रतिनिधि, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रतिनिधि, त्रियुगा तथा चौडण्डीगढी नगरपालिकाका वडा अध्यक्षसमेत उपस्थित रहेको जनाइएको छ ।
कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले लघुबिमामा स्थानीय निकायको भूमिका बारे तथा नेपाल बिमक संघका अधिकृत राजेन्द्र पाठकले लघुबिमाको उद्देश्य, यसका फाइदा तथा सर्तबारे प्रशिक्षण दिएको जनाइएको छ ।
प्रशिक्षणमा स्थानीय कृषक, कृषि व्यवसायी, कृषि अभियन्ता लगायत ८८ जनाको सहभागिता थियो ।
 

यसमा तपाईको मत