बजार संक्षेप

विद्यालयलाई लुम्बिनी विकास बैंकको सहयोग

    2019-08-30

काठमाडौं– लुम्बिनी विकास बैंकले चितवनको भरतपुर महानगरपालिका–२६ खद्रौलीस्थित राष्ट्रिय आधारभूत विद्यालयलाई सहयोग गरेको छ ।
स्कुलको छाना निर्माण तथा मर्मतका लागि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीद्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर गुरुङलाई एक लाखको चेक हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख छ ।
हाल बैंकले ६५ शाखा र १३ एटिएमबाट सेवा दिँदै आएको जनाएको छ । 
 

यसमा तपाईको मत