बजार संक्षेप

लुम्बिनी बैंकको लुम्बिनी सहयात्रा मुद्दती खाता

  नागरिक   2019-12-30

काठमाडौं– लुम्बिनी विकास बैंकले इन्स्योरेन्स विशेषतायुक्त नयाँ ‘लुम्बिनी सहयात्रा मुद्दती खाता’ योजना सार्वजनिक गरेको छ । 
यो निक्षेपमा ग्राहकको दुर्घटनाबाट मृत्यु वा पूर्ण तथा आंशिक अशक्ततामा १० लाखसम्मको बिमा र एक लाखसम्मको औषधीउपचार बिमा सुविधा पाउने बैंकले जनाएको छ । यसका ग्राहकले निःशुल्क एबिबिएस सुविधा, खाता विवरण, चेकबुक, मोबाइल बैंकिंग , भिसा डेबिट कार्ड र लकर सुविधामा ५० प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ । यो खातामा बैंकले सार्वजनिक गरेको ब्याजदरमा शाखाबाटै थप ०.५० प्रतिशत ब्याज प्रदान हुने पनि विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत