बजार संक्षेप

प्रभु बैंकको कर्जा विदेशबाटै भुक्तानी गर्न मिल्ने

  नागरिक   2020-01-31

काठमाडौं– प्रभु बैंकले प्रदेश नम्बर २ का पाँच जिल्लाका प्रवासी कामदारलाई लक्ष्य गरी नयाँ प्रडक्ट सुरु गरेको छ । 
प्रभुले सञ्चालनमा ल्याएको वैदेशिक रोजगारी कर्जा योजनाअन्तर्गत प्रदेश नम्बर २ का वारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदेशिक रोजगारीमा गएका कामदारले विदेशबाटै कर्जा भुक्तानी लगायत सुविधा पाउने बैंकले जनाएको छ । प्रवासी कामदार र उनीहरुको परिवारको वित्तीय पहुँच अभिवृद्घि गर्ने उद्देश्यसहित सञ्चालित युके एडको परियोजनाअन्तर्गत सीप सञ्चालनमा रहेका जिल्लाका प्रवासी कामदार र तिनको परिवारले यसबाट अधिकतम लाभ लिन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
वैदेशिक रोजगारी कर्जा योजना सीप युके एड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना रहेको बैंकले जनाएको छ ।

यसमा तपाईको मत