बजार संक्षेप

लक्ष्मी बैंकको वर्ल्डकप योजना

    2019-06-03

लक्ष्मी बैंकले Ctrl O नामक डिजिटल माध्यमबाट खाता खोल्ने ग्राहकहरुका लागि विशेष योजना सुरु गरेको छ। F1 Soft सँगको सहकार्यमा सञ्चालित सो योजना अन्तरगत हाल जारी ICC Cricket world Cup 2019 को अवधिभर Ctrl O मार्फत बचत खाता खोल्दा ग्राहकहरुले रु ५०० बराबरको मोबाइल व्यालेन्स प्राप्त गर्न सक्नुहुनेछ । ग्राहकले बैंकको वेवसाइटमा गई अनलाइन खाता खोल्ने निवेदन दिन सक्नुहुनेछ र त्यसलाई आधिकारीकता दिन एक पटकको लागि बैंकको नजिकैको शाखामा जानु पर्ने हुन्छ । 
लक्ष्मी बैंकले कागज रहित बैंक खाता खोल्न अभिपे्ररित गर्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको हो । यसबाट विद्युतीय कारोबारलाई समेत सहयोग पुग्ने विश्वास लिइएको छ । 
वल्र्ड कप विशेष योजना वातावरणमैत्री बैकिंग प्रणाली अवलम्बन गर्ने तर्फ बैंकको एक अर्को कदम हो। यस योजनाले बातावरणमा कार्वन फुटप्रिन्टमा कमी आउने र जिम्मेवार एवं दिगो व्यवसायलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यो योजनासँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
 

यसमा तपाईको मत