बजार संक्षेप

एसबिएल डिबेन्चर नेप्सेमा सूचीकृत

  नागरिक   2019-10-23

काठमाडौं– सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेन्जबीच प्रतिकित्ता अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २५ लाख थान १०.२५ प्रतिशत एसबिएल डिबेन्चर २०८३ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता भएको छ । 
बैंकले सर्वसाधारण समक्ष एनएमबि क्यापिटलमार्फत २५ लाख थान १०.२५ प्रतिशत एसबिएल डिबेन्चर २०८३ खुला बिक्री आह्वान गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । यसरी सर्वसाधारणमा वितरण गरिएको २५ लाख कित्ता ऋणपत्र वितरण भई नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको जनाइएको छ ।
ऋणपत्र सूचीकरण सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम तथा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 
हाल बैंकले एक सय ६७ शाखा (चार एक्सटेन्सन काउन्टर सहित), एक सय एक शाखारहित बैंकिङ सेवा, एक सय ८६ एटिएम र १५ सयभन्दा बढी पिओएस मेसिनमार्फत सेवा दिँदै आएको छ ।
 

यसमा तपाईको मत