कभर स्टोरी

लिखु–एको भूमिगत काम सम्पन्न

  नागरिक   2019-12-09

काठमाडौं– एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको छ । 
आठ महिनाभित्रै उक्त काम सम्पन्न भएको नुम्बुर हिमालय हाइड्रोले जनाएको छ । यसै आर्थिक वर्षमा विद्युत् उत्पादन गरी देवीटारस्थित राष्ट्रिय प्रसारण लाइनको न्यू खिम्ती सब–स्टेसनमा जोडिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत